समाचारबुधबार, आश्विन २२, २०७१
विवादित विषय संविधानसभामा
२१ असोजमा बसेको समितिको बैठकले असहमतिको विषयलाई संविधानसभामा पठाउँने निर्णय गरेको थियो । सोही अनुसार समितिका सभापति बाबुराम भट्टराईले २२ असोजको संविधानसभा बैठकमा उक्त प्रतिवेदन बुझाउँदैछन् ।
यसअघि, १४ असोजसम्ममा सहमति जुटाउनेगरी एक पटक सहमति जुटाउन असफल समितिलाई पुनःअवसर दिइएको थियो । १४ असोजमा सहमति जुटाउन नसकेको समितिलाई सभामुखल २१ असोजसम्मलाई समय दिएका थिए ।
राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायलयलगायतका विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । यिनै विषयमा सहमति नहुँदा अघिल्लो संविधानसभा पनि असफल भएको थियो ।
