समाचारबिहीबार, आश्विन २३, २०७१
हुलाक टिकटमा पर्यटकीय स्थल
विश्व हुलाक दिवसका अवसरमा २२ असोजमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले चोयू हीरक महोत्सव–२०७१, नेपाल स्काउटको हीरक महोत्सव, नारायणहिटी दरबार सङ्ग्रहालय र हृषिकेश मन्दिर, रिडी, पाल्पाको तस्बीर अङ्कीत हुलाक टिकटमा टाँचा लगाए ।
उनले विश्व हुलाक दिवसका अवसरमा मुलुकका महत्वपूर्ण ऐतिहासिकस्थल तथा संस्थाको टिकट प्रकाशनबाट ती स्थानको महत्व अझै बढ्ने बताए ।
