समाचारशुक्रबार, आश्विन २४, २०७१
नयाँ प्रधानन्यायाधीश साहले शपथ लिए
संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरी सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाइएकामा उक्त समितिले अनुमोदन गरेपछि उनलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेको हो ।
सपथ कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवाषचन्द्र नेम्वाङ, कानुन न्याय तथा संविधानसभा संसदीय मामिलामन्त्री नरहरि आचार्य, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।
