समाचारशुक्रबार, आश्विन २४, २०७१

सरकारविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

हिमालखबर

सर्वोच्च अदालतको एक इजलासले जारी गरेको आदेश कार्यान्वयन नगर्दा आफूहरू न्यायबाट विमुख हुन पुगेको भन्दै प्रहरी नायब  महानिरीक्षक यादव अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापाले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई एक वर्ष कैद र रू १० हजारसम्म जरिवाना गर्न माग गर्दै संयुक्त निवेदन दर्ता गराएका हुन् ।

गत ८ असोजमा न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले प्रहरी नायब महानिरीक्षक अधिकारी, खत्री, शाही र थापालाई विशेष पद सिर्जना गरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न परमादेशको आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>