समाचारशनिबार, आश्विन २५, २०७१
सरकार परिवर्तनको प्रस्ताव किन राखे योगेशले ?
उनले २० असोजको पदाधिकारी बैठकमा संयुक्त सरकार निर्माण गर्न अहिलेको सरका
र परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए । भट्टराईले हिमालखबरसँग भने, ‘‘नेताहरुको नियत नै सरकार परिवर्तन गर्ने देखिएको छ, बर्तमान सरकारबाट संविधान जारी नहुने अवस्था देखेर यस्तो प्रस्ताव राखेको हुँ ।’’
उनको प्रस्तावमा संयुक्त सरकार निर्माण गरेर चैत अन्तिमसम्ममा संविधान जारी गर्ने र चुनावी सरकार गठन गर्नुपर्ने उल्लेख छ । उनले भने, ‘‘६०१ सभासदलाई चार बर्षसम्म राख्नैपर्छ भन्ने हुँदैन, बरु चाडो संविधान जारी गरेर राज्यको पुनःसंरचनातिर लाग्नुपर्छ ।’’
अहिलेसम्म विवादित विषयमा छलफलै नगरी अनेकन बखेडा झिकिरहने एमाओवादीलगायतका विपक्षी दलहरु सरकारकै लागि बार्गेनिङ गरिरहेको उनले भनाई छ ।
