समाचारआइतबार, आश्विन २६, २०७१

हिन्दू राष्ट्रका लागि राप्रपा नेपालद्वारा आन्दोलन घोषणा

हिमालखबर

Kamal-Thapa-Raprapa-Nepal२६ असोजमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ कात्तिकदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

४ कात्तिकमा बसन्तपुरमा सभा गर्ने, लक्ष्मीपूजाका दिन देशभर हस्ताक्षर संकलन गर्ने र अन्तिममा संविधानसभा घेराऊ गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा नेपालले यसअघि पुसमा मात्रै आन्दोलन गर्ने घोषणा गरेको थियो ।

राप्रपा नेपालले जनमत संग्रहको माग गर्दै संविधानसभामा निवेदन पनि दिएको छ । राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालले थाइल्याण्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहबारे भने कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>