थप समाचारआइतबार, आश्विन २६, २०७१
एक हजारका दरले ३० बालबालिका बेचेको स्वीकारोक्ती
पोखरेलले तीन महीनामा ३० जना बालबालिका भारतको राजस्थान पु-याएको ब
ताएकी छिन् । इलाका प्रहरी कार्यालय रानीमा हिरासतमा राखिएको पोखरेलले नेपाली बालबालिका भारत पु-याएपछि मासिक एक हजार रुपैयाँ पाउँने बताइन् ।
उनले प्रहरीलाई दिएको वयान अनुसार पहिलो पटक एउटा बालिकाको एकदेखि तीन हजार रुपैयाँ पाउँने र त्यसपछि मासिक हजार आफुले पाउने बताइन् । पोखरेलले भारतमा बालबालिकालाई घरायसी काममा लगाइदिने गरेको दावी गरेकी छिन् ।
प्रहरीले सप्तरी सीतापुर–८ का ३१ वर्षीया रीता खड्का, झापा जलथल–८ की २९ वर्षीया पूजा पोखरेल र सप्तरी धरमपुर–८ की पुष्कर निरौलालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
