समाचारसोमबार, आश्विन २७, २०७१
सहमति जुटाउन नेताहरू आज पनि बैठकमै
२६ असोज दिनभर छलफलमा बसेको नेताहरु २७ असोजमा पनि छलफलमै छन् । विहान संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा बसेका नेताहरु दिउँसो उच्च स्तरीय राजनीतिक समितिको बैठकमा बस्दैछन् ।
संविधानसभाले ३० असोजसम्ममा सहमति जुटाउन भनेर दोस्रो पटक समय थप गरिदिएपछि प्रमुख दलका नेताहरु सहमति जुटाउने कार्यमा लागेका छन् ।
कांग्रेस एमाले नजिक
एमालेले शासकीय स्वरुप र कांग्रेसले प्रदेशको संख्यामा लचकता देखाएपछि कांग्रेस र एमाले नयाँ संविधानका विवादित विषयमा एकमत देखिएका छन् ।
एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान छोड्ने र कांग्रेसले प्रदेशको बढाउन सहमत हुने भएपछि कांग्रेस एमाले नजिक देखिएका हुन् । यसअघि, प्रदेशको नाममा उनीहरुबीच समानता थियो ।
पछिल्लो छलफलमा एमाओवादी लगायतका दलहरु पनि प्रदेशको संख्यामा सहमत भएपनि नामाकरणमा सहमति हुन नसकेको एमाले नेता भीम रावलले बताए ।
