समाचारसोमबार, आश्विन २७, २०७१
बजेट पारित गर्दै संसद
सिम्रौनगढ घटनालाई लिएर मधेस केन्द्रीतलगायतका विपक्षी दलले गरेको अवरुद्ध संसद खुलेपछि बिधेयकमाथि छलफल सुरु भएको सभासद राजन भट्टराईले बताए । उनका अनुसार आजकै संसदबाट बजेट पारित गर्ने कार्यतालिका छ ।
एमाओवादीलगायतका विपक्षी दलहरुले लामो समय संसद अवरुद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन । उच्च स्तरीय राजनीतिक समिति गठनपछि २२ असोजमा संसद खुलेको हो ।
