समाचारसोमबार, आश्विन २७, २०७१

अत्याधिक गतिको बस पल्टिदा तीनको मृत्यु

हिमालखबर

बबरमहलमा अत्याधिक गतिको बस पल्टिदा तीनको मृत्यु
रत्नपार्क–धुलिखेल चल्ने बा१ख ८६७७  नम्बरको बस २७ असोज साँझ बबरमहलमा दुर्घटना भएको हो । दुर्घटनामा परेर महोत्तरीका तिलकुमार गौतम र बाराका मकदुद मिया ठकुरायनको मृत्यु भएको हो। अर्का मृतकको भने पहिचान खुल्न सकेको छैन । मृतक सबै मोटरसाईकलमा सवार थिए । अत्याधिक गतिमा आएको बसले तीन मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरूको नयाँबानेश्वरस्थित सिभिल र वीर अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये कैलालीका पदमप्रसाद शर्मा र पाँचथरका यम मगरको अवस्था गम्भीर छ।

बसका चालक फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>