समाचारमंगलबार, आश्विन २८, २०७१
रहेनन् जनकवि केशरी थापा
९२ वर्षीय थापाको असोज २८ गते स्वयम्भुस्थित आफ्नै निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिने भएको छ ।
स्वर्गीय थापाले ‘हरियो डाँडा माथि, हलो जोत्ने साथी…, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो…’, ‘आज मादल बजेको किन ?…’ लगायतका गीत गायका छन् ।
थापा १९८१ मा पोखराको बाटुलेचौरमा जन्मेका थिए ।
