समाचारमंगलबार, आश्विन २८, २०७१
कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु
ना ३ च ५५१६ नम्बरको कार र ना ४ ख ४४१ नम्बरको ट्रक २८ असोज विहान ठोक्किदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवन जाँदै गरेको कारमा यात्रारत काठमाडौं लप्सीफेदीका ५२ बर्षीय साधुराम तिवारी, ३७ बर्षीय सरोज तिवारी, ३० बर्षीय ललिता तिवारी र कार चालक ३५ बर्षीय सिर्जन पोखरेलको मृत्यु भएको छ । ललिता र सिर्जनको घटनास्थलमा मृत्यु भएको छ भने साधुराम र सरोजको उपचारको क्रममा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
दुर्घटनामा घाइते भएका आइसा तिवारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सविता श्रेष्ठ, चितवन
