समाचारमंगलबार, आश्विन २८, २०७१
कालापानी र सुस्ताबारे कुनै सम्झौता छैनः गौतम
व्यवस्थापिका संसदको २८ असोजको बैठकमा गृहमन्त्री गौतमले साना समस्या मिलाउदै आएको भएपनि ठूला समस्याबारे कुनै सम्झौता नभएको बताए । उनले भने, ‘‘जिल्लास्तरमा समाधान हुने समस्याबाहेक अन्यमा सम्झौता भएको छैन ।’’
उनले नेपाल–भारतबीचका सीमास्तम्भ सन् १८६० देखि नै हराउने क्रम सुरु भएको जानकारी गराउदै यसले दुवै पक्षलाई समस्या पारेको बताए । उनले काठमाडौं सुरक्षाका दुष्टिले संवेदनशील भएकाले सीसीटीभी जडान गरिने बताए ।
