समाचारबुधबार, आश्विन २९, २०७१

हिउँ पहिरोमा चार जनाको मृत्यु

हिमालखबर

मनाङ हुँदै थोराङ भन्ज्याङ गरेर मुस्ताङ आउँदै गरेका उनीहरु २७ असोज साँझदेखि परेको वर्षासँगै हिमपात हुँदा हिउँमा पसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए ।

उनका अनुसार मृतक तीन  विदेशी र एक  नेपालीको पहिचान हुन सकेको छैन । उद्धार गरिएकामा पोल्यान्डका पाँच र इजरायलका चार  छन् ।

२८ असोज साँझ हिउँमा पर्यटक पसेको सूचना प्राप्त भएपछि जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर सैनिक शिक्षालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरेर उद्धार भइरहेको प्रजिअ भण्डारीले बताए ।
हिउँमा पसेका अरुको पनि उद्धार र खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>