समाचारबुधबार, आश्विन २९, २०७१
पहिचानको आधारमा संघीयता हुँदैनः ओली
२९ असोजमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘‘सरकार सञ्चालन गर्न र पूर्वाधार निर्माण गर्न नै ५० बर्ष लाग्नेगरी प्रदेश बनाउँनु हुदैन ।’’ उनले एक सय २५ जाति र एक सय २३ भाषा भएको देशमा पहिचानको आधारमा संघीयता बनाउन नहुने बताए ।
उनले अनुपयुक्त र असंभव प्रदेशको माग नराख्न आग्रह समेत गरे । ओलीले भने, ‘‘जुनसुकै सिद्धान्त, नीति र कार्यक्रम भए पनि देश एउटै छ र संविधान एउटै बनाउनुपर्ने भएकाले संविधान बनाउनतिर सबै लाग्नुपर्छ ।’’
अध्यक्ष ओलीले ३० असोजसम्म पनि सहमति नभए प्रश्नावली तयार पारेर बहुमतबाट विवाद टुंग्याउनुपर्ने बताए ।
