समाचारबुधबार, आश्विन २९, २०७१
आर्थिक वर्ष परिवर्तन गर्न अर्थमन्त्री मानेन
व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा उनले आर्थिक बर्ष परिवर्तन गर्नुभन्दा यसको प्रक्रियागत एवम् प्रवृत्तिगत सुधार अपरिहार्य भएको बताए । उनले भने, ‘‘१५ वैशाखदेखि जेठ महिलो साताभित्रमा बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने समितिको धारणाप्रति सकारात्मक भएपनि आर्थिक बर्ष परवर्तन गर्ने पक्षमा छैन ।’’
समितिका सदस्यहरुले आर्थिक बर्ष परिवर्तन गरेर १ वैशाख बनाउनुपर्ने धारणा राखेका थिए ।
