समाचारबुधबार, आश्विन २९, २०७१

अनशन तोड्न गंगामायालाई सरकारको अनुरोध

हिमालखबर

प्रधानमन्त्रीको कार्यालयबाट २९ असोजमा विज्ञप्ती जारी गरी सरकारले अनशन तोड्न अनुरोध गरेको हो । सरकारले अधिकारीको उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न र खाना खाइदिन अनुरोध गरेको छ ।

माओवादीले अतिक्रमण गरेको अधिकारीको चलअचल सम्पत्ति फिर्ता गराउने, उचित क्षतिपूर्ति दिने र गाउँ फर्कदा सुरक्षाको व्यवस्था गरिदिने विज्ञप्तीमा उल्लेख छ । छोरा कृष्णप्रसादको हत्यारालाई कार्बाहीको माग राख्दै अनशन बसिरहेका उनका पति नन्दप्रसादको निधन भइसकेको छ ।

यसअघि पनि सरकारले पटक–पटक अनशन तोड्न आग्रह गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>