समाचारबिहीबार, आश्विन ३०, २०७१

थोराङ्पासमा ५ पर्यटकको शव भेटियो, दुईको उद्धार

हिमालखबर

rescue_trekkers

तस्वीर सौजन्य: नेपाली सेना

घटनास्थलमा रहेको उद्धार टोलीले ३ जना विदेशी र दुईजना नेपालीको शव भेटाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार उद्धार गरिएका घाइतेले उपलब्ध गराएको सूचनाका आधारमा २९ असोज दिउँसोसम्म १६ जनाको मृत्यु भएको भनिए पनि चारजनाको मात्र पुष्टि भएको थियो ।

२९ असोजमा इजरायलका नाडेभ, पोल्याण्डका रोवर्ट दुसर्कज, लुजअन्टोनस र पर्यटक सहयोगी नेपाली नागरिक पासाङको शव भेटिएको थियो ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको ५० जनाको उद्धार टोली परिचालन भएको प्रनाउ पाठकले बताए ।

नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत बेपत्ताको खोजी भइरहेको छ । मौसम खुलेकाले उद्धार तथा खोजी कार्य तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ ।

मुस्ताङको थोराङपासबाट मुक्तिनाथ झर्ने क्रममा २८ असोज बिहान ड्रम्पक्याम्प क्षेत्रमा पुगेका अधिकांश पदयात्रीहरु हिउँ पर्न थालेपछि फसेका थिए ।

हिँडिरहेको अवस्थामा हिउँ परेर बाटो नदेखिपछि रोकिएका पदयात्री बाक्लो हिउँमा फसेका हुन् ।

मनाङबाट थोराङ्पासतर्फ लागेका ३४६ जनामध्ये २४४ जना सुरक्षित मुक्तिनाथ आइपुगेको, १९ जनाको उद्धार गरिएको र अन्य अझै सम्पर्क विहिन रहेको प्रनाउ पाठकले जानकारी दिए ।

५ हजार ४१६ मिटर उचाइमा अवस्थित थोराङ्पास क्षेत्र पुग्न मुक्तिनाथबाट करिब ४ घण्टा पैदल हिँड्नुपर्छ ।

पछिल्लो समाचारअनुसार मुदी गाविसको धौलागिरि आधारशिविरबाट थप दुईजना पर्यटकलाई सकुशल उद्धार गरिएको छ । बेसक्याम्पदेखि करिब ५०० मिटर तल अलपत्र अवस्थामा रहेका भारतीय नागरिक पवन विष्ट र अमेरिकी बरद राजनलाई उद्धार गरी बेनी ल्याइएको प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>