समाचारबिहीबार, आश्विन ३०, २०७१
एकजना पनि मन्त्री नआएपछि संसद बैठक स्थगित
३० असोजमा बसेको व्यवस्थापिका संसदको बैठकमा मन्त्रिमण्डलका २४ जना सदस्यमध्ये एकजना पनि उपस्थित नभएपपिछ सभामुख सुवास नेम्वाङले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।
संसद् बैठक सञ्चालनका लागि अनिवार्य रुपमा एकजना भए पनि मन्त्रिमण्डलका सदस्य आवश्यक पर्छ ।
बैठक शुरु हुनेबित्तिकै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रश्न गरे, “सभामुख महोदय, बैठकमा एकजना पनि मन्त्रिमण्डलका सदस्य देखिनुहुन्न, बैठक कसरी सञ्चालन हुन्छ ?”
खतिवडाको प्रश्नपछि सभामुख नेम्वाङले मन्त्रिमण्डलका सदस्यको उपस्थितबिना बैठक सञ्चालन हुन नसक्ने जानकारी गराए । उनले भने, “मैले पटक–पटक यससम्बन्धी सरकारको ध्यानाकर्षण गराइसकेको छु । आज ११ बजे संसद् बैठक हुने सरकारलाई जानकारी पनि छ, मन्त्रिमण्डलका एकजना पनि सदस्य नहुनु अत्यन्त दुःखद् कुरा हो ।”
