समाचारबिहीबार, आश्विन ३०, २०७१
हिम पहिरोमा एकसय वेपत्ताः पर्यटन मन्त्री
व्यवस्थापिका–संसद्को ३० असोजको बैठकमा सांसदहरुकोे प्रश्नको जवाफ दिँदै पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले हिमपहिरोमा परेकाहरुको उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन नियन्त्रण केन्द्र खडा गरी उद्धार कार्य भइरहेको जानकारी दिए ।
उनका अनुुसार उद्धारका लागि पाँचवटा हेलिकप्टर सम्बन्धित क्षेत्रमा परिचालन गरिएका र केही हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् ।
अहिलेसम्म हिमपहिरोमा परी मृत्यु भएका १९ जनाको शव फेला परेको र १४ जना घाइतेको उपचार भइरहेको उनले बताए ।
