समाचारबिहीबार, आश्विन ३०, २०७१

थप ४ सभासदको मनोनयन

हिमालखबर

Ca-Member-Logoमन्त्रिपरिषदबाट मनोनित हुन बाँकी सभासदमध्ये एमाओवादीको सिफारिसमा राममाया बोगटी, श्यामकुमार श्रेष्ठ, जनकराज जोशी र जनक बुढालाई  ३० असोजमा बसेको मन्त्रिपरिषद बैठकले सभासदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

मनोनयन हुने कुल २६ सभासदमध्ये यसअघि मन्त्रिपरिषदले १७ जनाको मनोनयन् गरिसकेको छ ।

अब नेपाली कांग्रेसका तर्फबाट एक जना र मधेशी तथा साना दलहरुका तर्फबाट ४ जना सभासद मनोनयन् हुन बाँकी छन् ।

४ मंसीरमा संविधानसभा निर्वाचनपछि २७ माघमा नयाँ सरकार गठन भए पनि अहिलेसम्म  संविधानसभाले पूर्णता पाउन सकेको  छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>