समाचारबिहीबार, आश्विन ३०, २०७१
एक्लौटी प्रस्ताव भन्दै एमालेद्वारा मन्त्रिपरिषद बैठक बहिष्कार
३० असोजको मन्त्रिपरिषद बैठकमा आयोग खारेजीको प्रस्ताव राख्नासाथ एमालेतर्फका मन्त्रीहरुले बैठक छाडेर हिडेका थिए । एमालेले एक्लौटी गरेको भन्दै कांग्रेसभित्र विवाद बढ्दै गएपछि आयोग खारेजीको प्रस्ताव बैठकमा राखिएको थियो ।
तर, एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा कांग्रेसले हस्तक्षेप गर्न खोजेको भन्दै उक्त प्रस्तावलाई अस्वीकार गरी उनीहरु बाहिरिएका थिए । सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदमा एमालेका १० जना मन्त्री छन् । एमालेतर्फका मन्त्रीहरुले बहिष्कार गरेपनि बैठक भने बसेको छ ।
