समाचारबिहीबार, आश्विन ३०, २०७१
मोर्चाको शक्ति प्रदर्शन नरोकिने
२४ असोजमा काठमाडौंबाट थालेको आमसभा देशका विभिन्न शहरपछि भोलि (३१ असोजमा) खुल्ला मञ्चमा बृहत बनाउने तयारी गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत सबै दलका अध्यक्षहरुले सम्बोधन गर्ने सभालाई बृहत बनाउन मोर्चामा आबद्ध दलहरुलाई विभिन्न क्षेत्रको जिम्मेवारी दिइएको छ ।
कांग्रेस एमालेले भने उक्त आन्दोलन रोक्न आग्रह गरिरहेको छ । संविधान निर्माणका विवादित विषयहरुमा संविधानसभामै छलफल भइरहेकाले आन्दोलनका कार्यक्रम रोक्न प्रधानमन्त्री सुशील कोइरालाले पनि आग्रह गरिसकेका छन् ।
तर, घोषित आन्दोलनका कार्यक्रम नरोक्ने एमाओवादीका एक नेताले बताए । कांग्रेस एमाले बहुमतबाट संविधान निर्माण गर्न लागेकाले संघर्षको कार्यक्रम नरोक्ने उनले बताए । संघीय समाजवादीका केन्द्रीय सदस्य प्रकाश अधिकारीले सडक संघर्षबाटै पहिचानसहितको संविधान सुनिश्चित गराउने बताए ।
यता, संविधानसभाले दोस्रो पटक थपेको समय आज सकिने भएकाले एमाओवादीसहितकै दलहरु भने छलफलमा छन् । एमाओवादी अध्यक्ष दाहालले भने अन्य दलहरुसँग छलफलमा बसिरहेपनि सडक संघर्षको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
