समाचारशुक्रबार, आश्विन ३१, २०७१

लाइबेरियाबाट फर्केका सुरक्षाकर्मी तीन सातासम्म निगरानीमा

हिमालखबर

इबोला प्रभावित मुलुक लाइबेरियाबाट शान्ति स्थापनाको मिसन पूरा गरी स्वदेश फर्केका सशस्त्र प्रहरीका १३१ सुरक्षाकर्मीलाई निगरानीका लागि सशस्त्र प्रहरीको संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना तालिम केन्द्र ककनीमा राखिएको छ ।

३० असोज राति फर्किएको उक्त टोलीलाई तीन सातासम्म सशस्त्र प्रहरीको स्वास्थ्य टोली र अन्य चिकित्सकसहितको स्वास्थ्य टोलीले नियमित स्वास्थ्य परिक्षण गर्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ ।

टोलीका सबै सदस्यलाई लाइबेरियामा रहँदा इबोलाका विषयमा विस्तृत जानकारी दिएको भएपनि उनीहरू सङ्क्रमित छन् की छैनन् भन्ने स्पष्ट थाहा पाउनका लागि स्वदेश फर्किएलगतै कडा निगरानीमा राखिएको हो ।

सूचना शाखाका अनुसार टोलीका सदस्यको खाना खाने मेस एवम् त्यहाँ प्रयोग हुने सम्पूर्ण सामग्रीको छुट्टै व्यवस्था गरिएको छ । उनीहरूलाई कसैसँग पनि भेट्न दिइएको छैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला भाइरस सङ्क्रमितको शरीरबाट निस्कने तरल पदार्थ अर्थात् ¥याल, रगत, दिसा, पिसाब, पसिनाको माध्यमबाट स्वस्थ्य व्यक्तिमा उक्त रोग सर्छ ।

ज्वरो, घाँटीमा खसखस, मांसपेसी र टाउको दुख्नु, शरीरमा विभिन्न प्रकारका धब्बा देखिनु, वाकवाकी लाग्नु, पखाला लाग्ने आदि सो रोगका लक्षण हुन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>