समाचारशुक्रबार, आश्विन ३१, २०७१
समितिको संयोजक होइन २२ दलको मोर्चा रोज्छुः दाहाल
३१ असोजमा खुल्लामञ्चको २२ दलीय मोर्चाको सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘‘कांग्रेस एमालेले तपाईँ समितिको सभापति कि मोर्चाको नेता भनेर सोध्छन् । म रोज्नैप-यो भने २२ दलको मोर्चा नै रोज्छु ।’’
उनले पूरै जीवनभर २२ दललाई साथ दिन तयार रहेको बताए । दाहालले भने, ‘‘यो कुनै आन्दोलन होइन, आन्दोलनको सुरुवात पनि होइन, सल्लाह मात्रै हो ।’’
उनले २२ दलीय मोर्चाबन्दी र समितिको संयोजक दुवै संविधान निर्माणका लागि भएको बताए । कांग्रेस एमाले सम्झौता विरुद्ध गए पूर्ण जनविद्रोहको नेतृत्व गर्न आफु तयार रहेको बताए ।
