समाचारशनिबार, कार्तिक १, २०७१

मन्त्रीको भ्रमणमा सकियो ६८ लाख

हिमालखबर

प्रधानमन्त्री सुसील कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको  पाँच महीनामा यो रकम खर्च भएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको छ ।  मन्त्रीहरुले जिल्ला भ्रमणमा जाँदा हवाइटिकट, दैनिक भ्रमण भत्ता र होटलबासमा खर्च गरेका हुन् ।

तर, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जिल्ला भ्रमण खर्चका नाममा कुनै रकम नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७०÷ ७१ मा मन्त्रीहरुले जिल्ला भ्रमणमा ८६ लाख ९४ हजार २ सय ८८ रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले १ लाख ३० हजार पाँच सय ८०, उपप्रधानमन्त्री बामदेव गौतमले ३ लाख ४५ हजार, उपप्रधानमन्त्री प्रकाशमान सिंहले पाँच लाख १० हजार, अर्थमन्त्री रामशरण महतले २ लाख ७७ हजार, संचारमन्त्री मिनेन्द्र रिजालले ५ लाख १७ हजार, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले ७५ हजार, महिला राज्यमन्त्री निलम केसीले २६ हजार खर्च गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>