समाचारशनिबार, कार्तिक १, २०७१

यी फ्रान्सेलीले ७० जनाको ज्यान जोगाए

हिमालखबर

hhh

उनी टान र एक्यापविरुद्ध आक्रोश पोख्दै नेपाली सेनाको प्रशंसा गरिरहेका थिए। उनी हुन्, फ्रान्सेली नागरिक पासकल जसले हिमपातबाट ७० जनाको ज्यान जोगाइदिए।

अन्नपूर्ण पदयात्राकै क्रममा थोरङपास पुगेपछि हिमपात सुरु भएको थियो। बाँक्लो हिउँले हिँड्ने बाटो पुरिँदै गएपछि पदयात्रामा रहेका ७० जना बीचमै रोकिन खोजेका थिए  । तर, त्यहाँको भौगोलिक अवस्थाबारे परिचित रहेका उनले पदयात्रीलाई त्यहाँ रोकिन दिएनन्।

‘हिउँ पर्न थालिसक्यो यहीँ बसिरहे कोही बाँच्दैन। बाँच्ने भए छिटो हिँड भनेर कराएँ’, उनले भने, ‘त्यसपछि यात्री हतारिँदै तल झरे।’ थोरङपासबाट तल झर्न केही ढिलाइ गरेको भए सबैले ज्यान गुमाउने उनले दाबी गरे। उनीहरू भन्दा पछाडि रहेको पर्यटक हिउँमा पुरिएर बेपत्ता भएका छन्।

मुक्तिनाथ आइपुगेपछि उनीहरूको पछाडि आउँदै गरेका पर्यटक हिउँमा बेपत्ता भएको सुनेपछि आफूहरूलाई दुर्घटनाबाट बचाइदिएको भन्दै सबैले उनलाई आभार प्रकट गरे। ‘उहाँ ट्रेकिङका बारेमा जानेबुझेको विदेशी पर्यटक रहेछन्।

कम्तीमा ५० जना विदेशी र २० जना नेपाली थोरङपासबाट तलतिर झर्ने क्रममा एक्कासि हिउँ खस्न थाल्यो’, ज्यान जोगाएर फर्केका नाङमो छिरिङ शेर्पाले भने, ‘ बाटोभरि हिउँ जम्दै गयो। हामी हिउँ झर्न कम होला र हिँडौंला भनेर सुस्ताएका थियौं। उहाँले ढिला गरे मरिन्छ बाँच्ने भए छिटो हिँड भनेर कराएपछि हामीले हिँडाइको गति बढाएका थियौं। मुक्तिनाथ आएपछि थाहा भो हिँडाइको गति बढाएकाले हिउँमा पुरिनबाट जोगिएछौं।’

अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>