समाचारशनिबार, कार्तिक १, २०७१

नेपाल टेलिभिजनले थाल्यो नयाँ प्रसारण च्यानल

हिमालखबर

१ कात्तिकबाट सुरु भएको यो च्यानलबाट अब २४ सै‌ घण्टा निरन्तर रुपमा समाचार च्यानलमार्फत आम दर्शकलाई  श्रव्य दृश्यका माध्यमबाट समाचार, सूचना र जानकारी छिटोभन्दा छिटो पस्कने जनाइएको छ ।

नयाँ च्यानलसँगै अब एनटिभीका तीनवटा प्रसारण च्यानल भएका छन् । एनटिभी राष्ट्रिय प्रसारण र एनटिभी प्लस प्रसारण च्यानल यसअघि नै सञ्चालनमा रहेका छन् ।

हाल स्याटेलाइटमार्फत विश्वका ११६ देशमा एनटिभी हेर्न सकिने एनटिभीका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले बताए । पहिलो चरणमा नयाँ समाचार प्रसारण च्यानलको अवधि बिहान ५ः४५ देखि मध्याह्न ११ः३० बजेसम्म करिब छ घण्टाको रहने छ ।

यस अवधिमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय समाचार, विश्लेषण, सूचना एवम् जानकारी पस्किने महाप्रबन्धक हुमागाईंले बताए । एनटिभीका अध्यक्ष निर शाहले आवाजविहीनहरुको आवाजलाई मुखरित गर्न नेपाल टेलिभिजनले नयाँ अध्याय सुरु भएको बताए ।

एनटिभीका समाचार निर्देशक राजेन्द्रदेव आचार्यले एनटिभीको मूल नीतिअनुरुप नयाँ च्यानल सुरुवात् गरिएको बताए । पहिलो प्रसारणका अवसरमा पत्रकारिता विषयका प्राध्यापकद्वय रामकृष्ण रेग्मी र पी खरेलले विशेष अन्तवार्ता दिँदै जनताले चाहेका सूचना र जानकारी नयाँ च्यानलमा हेर्न सकियोस् भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>