समाचारआइतबार, कार्तिक २, २०७१

वनवसा पुल दैनिक ७ घण्टा खुल्ने

हिमालखबर

sharada barrageनेपाल र भारतको गृह सचिवस्तरीय सहमतिअनुसार २ कात्तिकदेखि शारदा ब्यारेजको पुल सात घण्टा खुल्ने भएको छ ।

भारतमा अङ्ग्रेजको शासनका बेला सन् १९२८ मा निर्मित ब्यारेज हालसम्म दैनिक ४ घण्टा खुल्दै आएको थियो ।

उद्यमी व्यवसायीको लामो समयको पहलपछि गत वर्ष पोखरामा सम्पन्न दुवै देशको संयुक्त बैठकले शारदा ब्यारेजलाई सात घण्टासम्म खोल्ने सहमति गरेको थियो ।

दुई देशीय सहमतिअनुसार आजदेखि ब्यारेज बिहान ६ बजेबाट दुई घण्टा, १० बजेबाट दुई घण्टा, दिउँसो २ बजेबाट दुई घण्टा र बेलुकी ६ बजेबाट एक घण्टा खुल्ने छ ।

अहिलेसम्म बिहान र साँझ एक÷एक तथा दिउँसो दुई घण्टा ब्यारेज खुल्दै आएको थियो ।

भारतीय जनता पार्टी सम्बद्ध विधायक पुष्करसिंह धामीले ब्यारेज सात घण्टा खोल्ने केन्द्र सरकारको पत्र शनिबार ब्यारेज प्रशासनलाई बुझाएपछि ९ महिनाअघि गरिएको सहमति कार्यान्वयमा आउन लागेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष गणेश दत्त जोशीले दुवै देशको सहमतिमा सात घण्टा पुल खुल्न लागेको बताए ।

महाकाली नदीमा अर्को विकल्प नभएकाले एक सय वर्षको आयु राखिएको ब्यारेजमै आवागमन भइरहेको छ ।

ब्यारेजमा १० टनभन्दा बढीको भार बोक्न बन्देज लगाइएको छ । पुलमा सात घण्टा आवागमन सञ्चालन भए यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनेमा यहाँका उद्योगी व्यवसायीले विश्वास व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>