समाचारआइतबार, कार्तिक २, २०७१
नौ महिने सरकारको ब्याज कहिलेसम्म खानेः मन्त्री बस्नेत
विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा गरेको उपलब्धि एवम् प्रशंसायोग्य कामबाहेक अरु एमालेसँग जनतालाई देखाउने काम नभएको उद्योगमन्त्री एवम् एमाले युवा नेता महेश बस्नेतले बताएका छन् । भक्तपुरमा २ कात्तिकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब जनताले प्रत्यक्ष रुपमा देख्ने र अनुभव गर्ने काम ल्याउनुपर्नेमा जोड दिए ।
बस्नेतले भने, “२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्व गठन भएको एमालेको सरकारले गरेको उपलब्धिमूलक कामबाहेक त्यसपछि जनतालाई देखाउने काम हुन सकेन, सधैँ यही कामलाई मात्र देखाएर हुँदैन, नयाँ पुस्तालाई समेत आकर्षित गर्ने र जनताले देख्ने, अनुभव गर्ने जनताको पक्षमा एमालेले फेरि पनि कार्यक्रम ल्याउनुपर्छ ।
‘गृहमन्त्रालयकोे अडान लिनु लगत’
मन्त्री बस्नेतले सरकार गठनको प्रक्रियामा एमालेले गृह मन्त्रालयका लागि अडान लिनु गलत भएको पनि बताए ।
उनले एमालेले गृह मन्त्रालयभन्दा जनताको प्रत्यक्ष सरोकार रहने र विकासमा टेवा पु¥याउने मन्त्रालयमा अडान लिन नसकेको टिप्पणी गरेका थिए ।
औद्योगिक क्षेत्रको विकास एवम् विस्तारमा अब सरकारको मुख ताक्न छाडेर निजी क्षेत्रले गाउँगाउँमा औद्योगिक क्षेत्र घोषणा गर्दै उद्योग सञ्चालन गर्न पनि उनले आग्रह गरे ।
