समाचारआइतबार, कार्तिक २, २०७१

बाबुरामले प्रधानमन्त्रीलाई भेटे

हिमालखबर

BRB_Koiralaएमाओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहमति संवाद समितिले आयोजना गर्ने वार्तामा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा २ कात्तिकमा भएको भेटमा  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिका सभापति समेत रहेका भट्टराईले प्रधानमन्त्री कोइरालालाई संवाद समितिले आयोजना गर्न लागेको निर्णायक वार्तामा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

करिब ४५ मिनेट भएको भेटवार्ताका क्रममा सभापति भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि यही कात्तिक ४ र ५ गते निर्णायक वार्ताको आयोजना गरिएको जानकारी गराउँदै सहमति निर्माणका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले दलहरुका बीचमा सहमति निर्माणका लागि आफूले प्रधानमन्त्रीको रुपमा मात्र नभई आफ्नो पार्टीका तर्फबाट समेत पूर्ण सहयोगीको भूमिका निर्वाह गर्ने आश्वासन दिए ।

कोइरालाले सबै दलको सहमतिका साथ आगामी ८ माघमा संविधान जारी गर्न आफू निरन्तर सक्रिय रहेको स्मरण गराउँदै नयाँ संविधान जारी भएपछि आफू एक पल पनि सरकारमा नबस्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>