समाचारसोमबार, कार्तिक ३, २०७१

पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमालखबर

petrol-pumpनेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ ६ पैसा मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको र निगमले गत १३ असोजमा स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेकोले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार पेट्रोलको काठमाडौँको खुद्रा मूल्य १३० रुपियाँ ४७ पैसा तथा डिजेल र मट्टितेलमा १०३ रुपियाँ हुन आउँछ ।

इन्डियन आयल कर्पोरेसनले गत ३० असोजमा घटेको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>