समाचारसोमबार, कार्तिक ३, २०७१

सिम्रौनगढ घटना छानबिन गर्न संसदीय समिति

हिमालखबर

सडक मर्मतको माग गर्दै आन्दोलनमा उत्रेकामध्ये प्रहरीको कारबाहीमा परी जयनारायण पटेलको मृत्यु र अन्य घाइते भएका सम्बन्धमा घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०७० को नियम ११६ को उपनियम (२) बमोजिम विशेष समिति गठनका निम्ति प्रस्ताव पेस गरिएको थियो ।

समितिमा  सुरेन्द्रप्रसाद यादव, डा.राजन भट्टराई, प्रभु साह, विजयकुमार सिंह, रेशमबहादुर लामा, अइन्द्रसुन्दर नेम्वाङ र अतहरकमाल मुसलमान सदस्य रहेका छन् । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>