समाचारमंगलबार, कार्तिक ४, २०७१
शीर्ष नेताहरू गोकर्णमा
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु विवादित विषयमा सहमति जुटाउन ४ कात्तिकमा त्यहाँ पुगेका हुन् । छलफलमा कांग्रेसका सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई सहभागी छन् ।
अघिल्लो पटक पनि नेताहरु गोकर्णमा बसेका थिए । तर, बिना सहमति बैठक सकिएको थियो ।
विवादित विषय संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा बुझाएको छ ।
