समाचारमंगलबार, कार्तिक ४, २०७१
दिलबहादुरको अस्थिपञ्जर उत्खनन् गर्न आग्रह
स्थानीय शान्ति समिति सोलुखुम्बुले सशस्त्र हिंसाको बेला मारिएका राईको अस्थिपञ्जर उत्खनन् गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेको छ । समितिले राईको अस्थिपञ्जर उत्खनन् गरी डीएनए परीक्षण मार्फत् शव किटान गर्न आग्रह गर्ने निर्णय गरेको समितिका सचिव बाबुराम आचार्यले जानकारी दिए ।
आमाको उपचार गर्न ओखलुढुंगा गएका राई घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएका थिए । सोलुखुम्बु काँगेल–५ का उनको सुरक्षाकर्मीले गोली हानी हत्या गरेर शव गाडिएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु
