समाचारआइतबार, आश्विन २१, २०६९

माओवादीले लगेका एमाले कार्यकर्ता अझै बेपत्ता

हिमालखबर

सात जनाको समूहमा आएका नेकपा–माओवादीका कार्यकर्ताले ‘बैठक छ जानु परयो’ भन्दै १५ असोज साँझ लिएर गएपछि अहिलेसम्म सम्पर्कमा नआएको परिवारजनले बताएका छन् ।
देउराली–८ घर भएका एमाले देउराली गाउँ कमिटीका अध्यक्ष धनम् तामाङ र नेकपा एमाले क्षेत्र नं ३ क्षेत्रीय कमिटी सदस्य गणेश तामाङ १५ असोज साँझदेखि बेपत्ता भएका हुन् । नेकपा–माओवादीका जिल्ला कमिटी सदस्य फैराज तामाङलगायतको समूहले सञ्चालन गरेको देउराली अङ्ग्रेजी बोर्डिङ स्कुलले सरकारी जङ्गल अतिक्रमण गरेको जिल्ला वन कार्यालय नुवाकोटमा उजुरी गरेको भन्दै धनम् र गणेशलाई माओवादी समूहले कुटपिटसमेत गरेको एमाले नुवाकोटले जनाएको छ ।

तामाङद्वय अपहरणमा परेको भत्रे प्रमाण नभेटिएको र मोबाइलका आधारमा उनीहरू काठमाडौँमा हुन सक्ने देखिए पनि कहाँ कुन अवस्थामा छन् भत्रे खुल्न नसकेको प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताए । दुवैको मोबाइलमा बेलाबेला फोन जाने भए पनि रिसिभ भएको छैन ।

नेकपा–माओवादीले भने घटनामा आफ्नो पार्टीको संलग्नता नभएको जनाएको छ । जिल्ला सेक्रेटरी मीना वाइवाले विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ता अपहरणमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । पीडितका परिवारले जिल्ला प्रहरी कार्यालयमा छोराको खोजी गरी घटनामा संलग्न भएका नौ जनालाई कारबाही गर्न निवेदन दिएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>