समाचारबुधबार, कार्तिक ५, २०७१
रिसोर्ट बैठकः नेताहरुबीच सहमति भएन
संविधानमा सहमति जुटाउन भन्दै ४ कात्तिकदेखि गोकर्ण रिसोर्टमा भएकोे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बिना कुनै सहमति टुंगिएको छ ।
संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमति जुटाउन तीन दलका नेताहरु ४ कात्तिकदेखि छलफलमा थिए ।
नेताहरुले सहमतिका लागि अझै पहल गर्ने भन्दै ९ कात्तिकमा पुन बैठक बस्ने बताएका छन् ।
