समाचारबुधबार, कार्तिक ५, २०७१

४४ नेपालीको शव विदेशमा अलपत्र

हिमालखबर

वैदेशिक रोजगारीमा गएर विभिन्न मुलुकमा मृत्यु भएका नेपालीको शव अलपत्र भएको हो । साउदी अरबमा २१, कतारमा १२, मलेशियामा ६, कुबेतमा ४ र दुबईमा एउटा नेपालीको शव अलपत्र रहेको छ ।

तीमध्ये ६ वटा शव नेपाल ल्याउने प्रक्रियामा रहेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । कानुनी प्रक्रिया, मृतकको पहिचान र उसको परिवारको पहिचान हुन नसकेको कारण ३८ शवको अलपत्र रहने अवस्था छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको ५ कात्तिकको बैठकमा विदेशमा मृत्यु भएका नेपाली कामदारको शव झिकाउन भएको ढिलाइबारे जवाफ दिँदै राज्यमन्त्री गुरुङले दैनिक सरदर चारजना नेपालीको शव नेपाल आउने गरेको जानकारी दिए ।

समितिले शव छिटो ल्याउन पहल गर्न, कुन कामदारको शव के कारणले ल्याउन ढिलाइ भएको हो, त्यसको ठोस रुपमा लिखित जवाफ दिन, नेपाली कामदार जाने मुलुकसँग श्रम सम्झौता छिटो गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति प्रभु साहले केही शव ल्याउन कानुनी जटिलता देखिएकाले त्यसलाई फुकाउन आवश्यक पहल गर्न, अवैधानिक रुपमा गएका कामदारको पनि शव ल्याउने व्यवस्था मिलाउन र दूतावासमा आवश्यक कर्मचारीको दरबन्दी मिलान गर्न समेत निर्देशन दिने निर्णय बैठकले गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>