समाचारशुक्रबार, कार्तिक ७, २०७१
सहमति नभए बहुमतबाटै संविधानः गौतम
गृहमन्त्री गौतमले सहमति नभए दुई तिहाईबाट संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लबले ७ कात्तिकमा गरेको देउसी भैलो कार्यक्रममा उनले भने, “दलहरु सहमति प्रयासमै छन्, तर सहमति नभए बहुमतबाट संविधान जारी गर्नुको विकल्प छैन ।”
उनले संविधानसभाभित्र नेपाल कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेसहितका दलको दुई तिहाई पुग्ने बताए । “हामी जुनसुकै मूल्य चुकाएर भए पनि ८ माघभित्रै संविधान जारी गर्ने छौं,” उनले भने ।
उनले एमाओवादीको स्वार्थका कारण राज्य पुनर्संरचनाको विषयमा सहमति हुन नसकेको स्पष्ट पारे । एकल जातीय आधारमा राज्य पुनर्संरचना हुन नसक्ने उनको भनाइ छ ।
