समाचारशनिबार, कार्तिक ८, २०७१

चाँडै सहमति गर्न कोइरालाको आग्रह

हिमालखबर

BRB_Koiralaप्रधानमन्त्री निवास बालुवाटारमा ८ कात्तिक विहान भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले चाँडो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा भन्दै त्यसका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका छन् ।

भेटवार्तामा समिति सभापति भट्टराईले सहमति निर्माणका लागि आग्रह गर्दै त्यसमा ‘प्रधानमन्त्रीको प्रभावकारी भूमिकाको अपेक्षा आफूले गरेको’ भट्टराईलाई उद्धृत गर्दै उनका स्वकीय सचिव विश्वद्वीप पाण्डेले बताए  ।

भेटका क्रममा भट्टराईले आइतबारदेखि हुन लागेको दोस्रो चरणको बैठकमा सहमति हुने विश्वास समेत व्यक्त गरे ।

उनले ७ कात्तिकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

भट्टराईले ९ कात्तिकमा प्रमुख तीन दलको बैठकअघि पनि सहमति निर्माणका लागि गृहकार्यलाई निरन्तरता दिने उनको सचिवालयले जनाएको छ ।

९ कात्तिक अपराह्न प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पहिले छुट्टाछुट्टै र १० कात्तिकमा सामूहिक बैठक बस्नेछ । संवाद समितिलाई सहमति कायम गर्ने समयावधि कात्तिक १५ गतेसम्मका लागि तोकिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>