समाचारशनिबार, कार्तिक ८, २०७१
पूर्व राजपरिवारद्वारा टीका
पूर्व मुमा बडामहारानी रत्न शाहले नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाइदिइन् ।
त्यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा सोही साइतमा टीका लगाएको शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
पूर्व रानी कोमल शाहले निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगाइदिएको जानकारी पनि पाठकले दिएका छन् ।
