समाचारआइतबार, कार्तिक ९, २०७१
प्रधानन्यायाधीश र न्यायाधीशसँग नेताहरुको छलफल
नयाँ संविधानमा न्यायपालिका बारे तीन दलका नेताहरुले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुसँग राय/सल्लाह लिएका छन् ।
९ कात्तिकमा करिब चार घन्टा चलेको छलफलमा नयाँ बन्ने संविधानमा संवैधानिक अदालतको व्यवस्था गर्नेे/नगर्ने, न्यायाधीशहरूको योग्यता, नियुक्ति प्रक्रिया, संवैधानिक निकायमा नियुक्ति प्रक्रिया, न्यायपालिकाभित्र हुने अनियमितताको छानबिनका लागि स्थापना गर्ने संयन्त्रजस्ता विषयमा छलफल भएको थियो ।
छलफलपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काका भावना बुझ्न महत्वपूर्ण अवसर मिलेको प्रतिक्रिया दिए ।
संविधानसभाको संवैधानिक–राजीनितक सहमति तथा संवाद समितिका सभापति बाबुराम भट्टराईले भने, “हामीहरूबीच जीवन्त छलफल भयो । एकअर्काको भावना साटासाट तथा प्रश्नोत्तर पनि भयो । यसले हामीलाई निष्कर्ष निकाल्न मद्दत गर्नेछ ।”
छलफलमा प्रधानन्यायाधीश साहसित वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत थिए । न्यायाधीशहरुले भने कुनै प्रतिक्रिया दिएनन् ।
छलफलमा संघीय संरचनामा अदालत कस्तो हुने लगायत बिषयमा न्यायाधीशहरुले सुझाव दिएका थिए ।
अाजै शीर्ष नेता र निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेतीबीच सिंहदरबारमा छलफल हुँदैछ । त्यसपछि एमाअाेवादी नेताहरुले कांग्रेस र एमालेका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
रासस

