समाचारसोमबार, कार्तिक १०, २०७१

संविधान निर्माणमा सत्तारुढ दल सकारात्मक भएनन्ः मोर्चा

हिमालखबर

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको भूमिका प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा १० कात्तिकमा बसेको बैठकले नेकपा एमालेले विगतको सहमति र सम्झौताभन्दा बाहिर गएर राज्य पुनर्संरचनाको विषयमा अडान अगाडि सारेको भन्दै आपत्ति जनाएको छ ।

संविधान निर्माणमा सहमति जुटाउने ढङ्गले नेपाली काँग्रेस प्रस्तुत भए पनि एमालेको भूमिका सहमति निर्माण गर्नेभन्दा पनि परिस्थितिलाई नकारात्मक बनाउने दिशातर्फ केन्द्रित भएको ठहर बैठकले गरेको बैठकमा सहभागी नेताको भनाइ छ ।

एमाले र एमाओवादीबीच ९ कात्तिकमा भएको वार्तामा एमालेले उत्तर–दक्षिण जोड्ने गरी चार प्रदेशको प्रस्ताव गरेको थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दलको बीचमा हालसम्म भएको छलफलमा भएका प्रगतिबारे धारणा राखेका थिए ।

एमालेको प्रस्ताव सहमति बनाउने ढङ्गले नआएको विषयमा बैठकमा छलफल भएको एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए । उनले राज्य पुनर्संरचनाको सम्बन्धमा काँग्रेसको भूमिका सकारात्मक देखिएको तर शासकीय स्वरुप र निर्वाचन प्रणालीका सम्बन्धमा भने थप छलफलको जरुरत रहेको निष्कर्ष निकालिएको बताए ।

बैठकमा १८ कात्तिकमा पाँचथर, २२ कात्तिकमा जनकपुर र २५ कात्तिकमा कैलालीको धनगढीमा आयोजना गरिने सभाको तयारीका विषयमा छलफल भएको गजुरेलले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>