समाचारसोमबार, कार्तिक १०, २०७१
नन्दप्रसादको दाहसंस्कार प्रक्रिया अघि बढाउने निर्णय
सरकारले अधिकारीका छोरा सम्पर्कमा नआएको भन्दै नन्दप्रसादको दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको १० कात्तिकमा बसेको बैठकले अधिकारीको दाहसंस्कार गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकार प्रवक्ता एवम् सूचना चथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार अधिकारीकी श्रीमती गंगामायाको जीवनयापन, विशेष राहत र सुरक्षाका लागि सरकारले उचित प्रबन्ध गर्ने निर्णय गरेको छ ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै अनशनको क्रममा अधिकारीको ६ असोजमा निधन भएको थियो । उनी वीर अस्पतालमा ३३२ दिनसम्म अनशनरत थिए ।
नन्दप्रसादसँगै अनशनमा रहेकी उनकी श्रीमती गंगामायाले १ कात्तिक २०७१ मा अनशन तोडेकी थिइन् ।
गोरखा फुजेलका अधिकारीका छोरा १७ वर्षीय कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीले अपहरण गरी २४ जेठ २०६१ मा चितवनको बकुलर चोकमा हत्या गरेका थिए ।
