समाचारसोमबार, कार्तिक १०, २०७१
पोखरा विश्वविद्यायलका उपकुलपतिसहित २३ जना पक्राउ
अख्तियारले पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईसहित २३ पदाधिकारी÷कर्मचारीलाई पक्राउ गरेको हो । विश्वविद्यालयको कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले १० कात्तिकमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
विश्वविद्यालयमा आर्थिक अनियमिततामा संलग्न इन्जिनियर सुरेश बराल फरार रहेको र उनको खोजि गरिरहेको अख्तियारले जनाएको छ ।
