समाचारमंगलबार, कार्तिक ११, २०७१
मोदी आउने सडक स्तरोन्नति गर्न निर्देशन
सार्कको १८ औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री मोदी स्थलमार्ग भएर आउने भएपछि व्यवस्थापिका संसद्को विकास समितिले सडक स्तरोन्नति गर्न निर्देशन दिएको हो । ११ कात्तिकमा बसेको समितिको बैठकले तत्काल सडक निर्माण थाल्न निर्देशन दिइएको समितिका सभापति रबिन्द्र अधिकारीले बताए ।
अधिकारीले भने, ‘‘भारतीय प्रधानमन्त्री मोदी आउने सडक स्तरोन्नति गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ ।’’ भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मोदी पटना हुँदै नेपाल आउने कार्यक्रम भएकाले उक्त सडक खण्ड स्तरोन्नतिको काम तत्काल अघि बढाइने बताए ।
नेपाल–भारत सीमा भिट्टामोडबाट जनकपुरसम्मको सडक १९ किलोमिटर रहेको छ । गत साउनमा नेपाल भ्रमण गरेका मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।
