समाचारबुधबार, कार्तिक १२, २०७१
नेपाललाई मलेशियाद्वारा १४३ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले मलेशियाको सामना गरिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक मलेशियाले ४३.३ ओभरमा अलआउट हुँदै १४२ रन बनायो ।
मलेशियाली ब्याटिङलाइनलाई कमजोर पार्ने क्रममा नेपाली कप्तान पारस खड्काले महत्वपूर्ण चार विकेट लिए । उनले ५४ बलमा तीन मेडन राख्दै २० रन दिए ।
भुवन कार्कीले ३, शक्ति गौचनले २ र सागर पुनले १ विकेट झारे ।
प्रतियोगितामा तीन जित हात पारेको नेपाल नेट रनरेटका आधारमा शीर्षस्थानमा छ । तीन खेल जितेको युगान्डाको समान अंक भए पनि नेपालभन्दा कम नेट रनरेट छ ।
प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिम आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा छनौट हुनेछन् । प्रतियोगितामा नेपालसहित युगान्डा, अमेरिका, मलेशिया, सिंगापुर र बर्मुडा सहभागी छन् ।
खेलको ताजा अपडेटका लागि यहाँ क्लिक गर्नुहोस् ।
