समाचारबुधबार, कार्तिक १२, २०७१

सूर्यको उपासना गर्दै छठ पर्व मनाइँदै

हिमालखबर

कात्तिक शुक्ल चौथीका दिन नुहाइखाई विधिबाट सुरु भएको पर्वमा ब्रतालु षष्ठी तिथिका दिन  निराहार ब्रत बसेका छन् ।

आज साँझ गाउँनगर बस्ती छेउका नदी, तलाउ र अन्य जलाशयमा बनाइएका रङ्गीचङ्गी घाटमा नुहाएर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा (कसार)लगायतका मिष्टान्न परिकार र केरासहितका फलको अर्घ दिइने छ । ब्रतालुले कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिने मिथिला परम्परा रहँदै आएको छ ।

यसअघि चौथीका दिन नुहाइधोई गरेर चोखोनितो खाएर ब्रतको सङ्कल्प गरेका ब्रतालुले पञ्चमी तिथिका दिन दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पाइएको खिरमात्र खाई खरना बिधि सम्पन्न गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>