समाचारबुधबार, कार्तिक १२, २०७१

सार्क सम्मेलनको नारा तय

हिमालखबर

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनको नारा तय भएको छ । १० र ११ मंसीरमा हुने सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ तय भएको छ ।

सार्क सदस्य मुलुकहरुबीच भएका आपसी कुराकानी र पूर्व परराष्ट्रमन्त्री एवम् राजदूत डा.भेषबहादुर थापाको संयोजकत्वमा गठित सल्लाहकार समितिले दिएको सुझावका आधारमा नेपाल सरकारले नारा तय गरेको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

उनले सार्क मुलुकमा दिगो आर्थिक र सामाजिक विकास र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि दिगो शान्ति अपरिहार्य भएकाले यस्तो नारा तय गरिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>