समाचारबुधबार, कार्तिक १२, २०७१

सडक र संसद अवरुद्ध पार्ने राप्रपा नेपालको चेतावनी

हिमालखबर

कार्य सम्पादन समितिको १२ कात्तिकमा बसेको बैठकबाट राप्रपा नेपालले हिन्दूराष्ट्र माग गर्दै अनशनमा बसेकाहरुलाई तत्काल रिहा नगरे सडक संघर्ष र संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

राप्रपा नेपालले आगामी दिनमा यस्तो कार्य दोहोरिन नदिन, पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न, क्षतिपूर्ति दिने तथा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग राखेको छ । राप्रपा नेपालले उक्त माग १२ कात्तिकमै प्रधानमन्त्रीलाई बुझाउँने निर्णय गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने प्रत्येक नागरिकको मौलिक एवं नैसर्गिक अधिकार माथि अंकुश लगाउने यो कार्य संबिधान र प्रजातांत्रिक मूल्य मान्यता विपरीत रहेको राप्रपा नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>